विद्युतीय गाडी ‘आयोन वाई’ नेपाली बजारमा



काठमाडौं । चिनियाँ विद्युतीय गाडी ‘आयोन वाई’ नेपाली बजारमा आएको छ। राजधानीको थापाथलीस्थित नयाँ शोरुममा मंगलबार चौधरी समूहले जीएसी कम्पनीको आयोन ब्राण्डको इभी ‘आयोन वाई’ लन्च र बिक्री सुरु भएको हो।

गाडीको लम्बाइ ४५ हजार ३५० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५० एमएम छ । यसको साथै यसमा २७५० एमएमको ह्वीलवेस पाउन सकिन्छ। यसलाई कम्पनीले १८ र १९ इन्चको ह्वील अप्सनमा चीनमा बिक्री गर्दै आएको छ। चिनियाँ बजारमा उपलब्ध आयोन–वाईको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ।

कम्पनीले यसमा १०.२५ इनचको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ।
जीएसी आयोन वाईमा ६१.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ। यसलाई सिंगल चार्जमा ५०० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ। यसमा मोटर पनि १०० किलोवाटको छ। यसको पीकटर्क भने १७६ एनएम छ।
नेपाली बजारका लागि यो गाडीको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ छ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : ०७ बजे