प्यालेस्टाईनको दक्षिण गाजास्थित एक राहत वितरण केन्द्रमा भागदौड मच्चिदा कम्तीमा २० जनाको मृत्यु भएको छ । अमेरिका र इजरायल समर्थित गाजा ह्युमानिटेरियन फाउन्डेसन (जिएचएफ) र एक स्थानीय अस्पतालले दिएको जानकारी अनुसार युनिस क्षेत्रमा रहेको केन्द्रमा अराजक भीडका कारण किच्चिएर १९ जनाको र एक जनाको छुरा प्रहारबाट मृत्यु भएको हो ।
फाउन्डेशनको राहत केन्द्रमा पहिलोपटक यति धेरै व्यक्तिको मृत्यु भएको हो । जिएचएफको सहायता केन्द्रलाई अमेरिकी निजी सुरक्षाकर्मीहरुले बन्द गरेपछि भागदौड मच्चिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले मंगलबार उल्लेख गरेअनुसार पछिल्ला ६ हप्तामा जीएचएफका दक्षिण र मध्य गाजामा रहेका चारवटा सहायता केन्द्र वरिपरि ६७४ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया