युक्रेनी ड्रोन आक्रमणका कारण रूसको ब्ल्याक सी नजिकको रिसोर्ट शहर सोचीस्थित ठूलो इन्धन डिपोमा भीषण आगलागी भइरहेको मस्कोले जनाएको छ । क्रास्नोडार क्षेत्रका गभर्नरका अनुसार, ड्रोनको टुक्राले इन्धन ट्याङ्कीमा ठोक्किँदा आगो लागलागी भएको हो । आगलागी नियन्त्रणका लागि १२७ जना अग्नीनियन्त्रक खटिएका छन् ।
२०१४ को शीतकालीन ओलम्पिक खेलकुद आयोजना भएको सोची नजिकको विमानस्थलले आगलागीपछि केही समयका लागि उडानहरू स्थगित गरेको थियो ।
त्यसैबीच, युक्रेनको दक्षिणी सहर मिकोलाइवमा रूसी क्षेप्यास्क्र आत्रमणले भवन तथा पूर्वाधार ध्वस्त पारेको स्थानीय अधिकारीहरूले बताएका छन् । रिपोर्ट अनुसार उक्त सहरमा कम्तीमा सात जना सर्वसाधारण घाइते भएका छन् ।
रूसी अधिकारीहरूले सोचीको तेल प्रशोधन केन्द्रमाथि झएको ड्रोन आक्रमण युत्रेनले साउनको अन्त्यमा गरेको कयौं आक्रमणमध्ये एक झएको बताएका छन् ।
युक्रेनले ती आत्रमणबारे औपचारिक टिप्पणी गरेको छैन । युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमाथि रूसले निरन्तर गरिरहेको आक्रमणको जवाफस्वरूप रूसी ऊर्जा संरचनालाई लक्षित गर्दै आएको छ ।



प्रतिक्रिया