कुलिङ पिरियडसम्बन्धी प्रतिवेदन सभामुखलाई बुझाईयो



संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडीको मुख्य जिम्मेवारी राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले नै लिनुपर्ने निश्कर्षसहित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ । कुलिङ पिरियडमा भएको गडबडीसम्बन्धमा छलफल गर्न गठित समितिमा लामो छलफलपछि आज बिहान पारित भएको प्रतिवेदन सभामुख घिमिरेलाई बुझाइएको हो ।

नयाा बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित एक कार्यक्रमकाबीच सभामुख घिमिरेलाई प्रतिवेदन बुझाइएको संसद् सचिवालयले जनाएको छ । लामो छलफलपछि समितिमा सहमति जुटेपछि प्रतिवेदन पास भएको छ ।

प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति खतिवडलाई मुख्य जिम्मेवार बनाइएको छ ।

छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् । यस्तै सदस्यहरुमा कंग्रेसका सांसद सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्ऽबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १ : ५२ बजे