बहुविवाहलाई वैधता दिने तयारी नभएको कानुन मन्त्रीको स्पष्टोक्ति



कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई वैधता दिने कुनै किसिमको तयारी नभएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै मन्त्री चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको दाबी गर्नुभयो ।

मुलुक अपराध संहिताले बर्जित गरेको बहुविवाह लगायतका कुनै पनि विधेयक सम्मानित सदनमा पेश नहुने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो । मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुविवाहलाई दण्डनीय अपराध भनेर बर्जित गरेको छ ।

तर, कानुन मन्त्रालयले विद्यमान प्रावधानलाई संशोधन गरेर ‘विशेष परिस्थितिमा’ बहुविवाहलाई वैधता दिने गरी मस्यौदा तयार भएको समाचार प्रकाशन भएपछि आलोचना भइरहेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : २९ बजे