इजरायलले गाजा शहरको अल शिफा अस्पताल नजिक गरेको आक्रमणमा अलजजिराका ५ पत्रकारको मृत्यु भएको छ ।
आक्रमणमा परी अस्पतालको मुख्य गेटनजिक टेन्टमा रहेका बरिष्ठ संवादाता अनास अल–शरिफ, संवादाता मोहम्मद कुरेख, क्यामरामेन इब्राहिम जहेर, मोहम्मद नौफल र मोअमेन अलिवाको सहित ५ जना पत्रकारको मृत्यु भएको हो । ती पत्रकारलाई लक्षित नै गरेर हत्या गरेको अलजजिराको दाबी छ । यो प्रेस स्वतन्त्रतामाथिको स्पष्ट र योजनाबद्ध आक्रमण भएको बताइएको छ ।
इजरायलको प्रतिरक्षा शक्तिले अनस अल–शरीफलाई निशाना बनाएको स्वीकार गर्दै उनले हमासको एउटा आतङ्कवादी समुहको नेतृत्व गरेको आरोप लगाएको छ । उनले इजरायली जनता तथा आफ्ना सदस्यमाथि अल–शरिफले रकेट आक्रमण गरेको आरोप इजरायलको प्रतिरक्षा शक्तिको रहेको छ ।
कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्सले ऊक्त आत्रमणफ्रति आक्रोश व्यत्त गर्दै इजरायलले अल–शरीफविरुद्धको आरोप पुष्टि गर्न असफल भएको बताएको छ । उसले भनेको छ, ‘यो ढााचा हामीले इजरायलबाट देख्दै आएको हो, अहिले मात्र होइन अघिल्ला दशकहरूमा पनि जसमा प्रायः कुनै पत्रकारलाई इजरायली सेनाले मारेपछि उनीहरूलाई आतङ्कवादी भएको दाबी गरिन्छ, तर त्यसलाई समर्थन गर्ने प्रमाण निकै कम देखाइन्छ ।’
अल जजीराका प्रबन्ध सम्पादक मोहम्मद मोआवादले भनेका छन् कि अल–शरीफ एक प्रमाणित पत्रकार थिए, जो गाजा पट्टीमा के भइरहेको छ भन्ने कुरा विश्वलाई स्पष्ट रुपमा देखाउदै आएका थिए ।
युद्धभर, इजरायलले अन्तर्राष्ट्रिय पत्रकारहरूलाई गाजामा स्वतन्त्र रूपमा रिपोर्ट गर्न अनुमति दिएको छैन । त्यसैले धेरै मिडिया संस्थाहरूले भित्रका स्थानीय पत्रकारहरूमा भर पर्नुपरेको छ ।
इजरायलले आˆनो सैन्य कारबाही ७ अक्टोबर २०२३ मा हमास नेतृत्वको आक्रमणमा १,२०० जना मारिएपछि सुरु गरेको हो । सो क्रममा २ सय ५१ जनालाई बन्धक बनाइएको थियो ।
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, उक्त कारबाही सुरु भएदेखि हालसम्म ६१,००० भन्दा बढी मानिस मारिएका छन् ।



प्रतिक्रिया