सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला १२ सय रुपैयाँले बढेर २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
हिजो सुन प्रतितोला १ लाख ९९ हजार ४ सयमा विक्री भएको थियो । त्यसअघि साउन २३ गते पनि सुनको मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँको बढेर पुनः घटेको थियो ।
त्यस्तै आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २ हजार ३५५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपाली बजारमा पनि प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स ३४ सय डलर नाघेको छ ।



प्रतिक्रिया