आईजीपीमा चन्द्र खापुङ नियुक्त



नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्र कुवेर खापुङ नियुक्त हुनुहुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले खापुङलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुख हुनुहुन्छ ।

मन्त्रिपरिषद्को यो निर्णयसँगै खापुङले भदौ १८ गतेदेखि नेपाल प्रहरीको ३२ औं महानिरीक्षकको जिम्मेवारी सम्हाल्नुहुनेछ । हालका आईजीपी दिपक थापाले भदौं १८ गते रातिदेखि अवकाश पाउँदै हुनुहुन्छ ।

तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरीको सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ अहिले केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।

५५ वर्षीय खापुङसँग यसअघि प्रधानमन्त्रीको सुरक्षा प्रमुखको जिम्मेवारीमा समेत हुनुहुन्थ्यो । त्यस्तै उहाँसँग यूएन मिसनमा हाइटीमा दुई पटक सेवादेखि प्रहरी प्रधान कार्यालयको कमर्चारी प्रशासन प्रमुखसम्मको अनुभव छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : १६ बजे