पूर्व राजा ज्ञानेन्द्र शाहले संवाद, सहमति र सहकार्यबाट सबै पक्षको माग संवैधानिक रुपमा सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।
नयाँ बर्ष २०८३ को पूर्व सन्ध्यामा सन्देश जारी गर्दै पूर्वराजा शाहले परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीति अन्त्य गर्न माग गर्नुभयो । नेपाल शान्ति र उन्नतीको देश बन्नुपर्ने उहाँको भनाई थियो ।
विगतका कमी कमजोरी र त्रुटि सच्याउँदै वाधा व्यवधानलाई पन्छाई उच्चतम गन्तव्यतर्फ लम्किनुपर्नेमा उहाँको जोड थियो । आम नागरिकले कुनै प्रकारको शारिरिक, मानसिक, भौतिक तथा जीवन यापनको मामलामा त्रास,पीडा अभावको अनुभव गर्न नपरोस् भन्दै पूर्व राजा शाहले त्यसका लागि देशलाई आत्मनिर्भर बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा निकै हेरफेर भएको भएपनि त्यो कोरा परिवर्तनमात्रै भएको टिप्पणी गर्नुभएको छ ।
देश प्रयोगशाला मात्रै भएको भन्दै उहाँले राष्ट्र निर्माणमा पछि परेको उल्लेख गर्नुभएको छ ।





प्रतिक्रिया