रोल्पाको थबाङमा जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जादै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीका अनुसार हालसम्म २० जनाको मृत्यु भएको छ ।
थबाङ गाउँपालिका–१ र ४ नम्बर को सिमानामा पर्ने भीरमा जिप दुर्घटना भएको हो । घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो ।
जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
पानी परेकाले पनि बाटो चिप्लो भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।





प्रतिक्रिया