पूर्व विशिष्ट पदाधिकारीले लिइरहेको दोहोरो सुविधा फिर्ता गर्ने सरकारको तयारी



सरकारले पूर्व विशिष्ट पदाधिकारीले लिइरहेको दोहोरो सुविधा फिर्ता गर्न पहल थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्व विशिष्ट पदाधिकारीहरुले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

पछिल्ला अध्ययबाट केही पूर्व विशिष्ट पदाधिकारीहरुले कानूनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको र केहीले फरक निकायबाट दोहोरो सुविधा लिइरहेको फेला परेको भन्दै प्रधानमन्त्री कार्यालयले हिजो गृह मन्त्रालयले स्पष्ट विवरण माग गरेको छ ।

पूर्व राष्ट्रपति, पूर्व उप राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, पूर्व सभामुसख र पूर्व राष्ट्रियसभा अध्यक्षहरुले लिइरहेको सुविधाको पूर्ण विवरण आजै कार्यालय समयभित्र पठाउन ताकेता गरिएको प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिईन् ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  १ : ४८ बजे