सहसचिव भट्टराई सचिवमा बढुवा



काठमाडौं । सहसचिव कमलप्रसाद भट्टराई सचिवमा बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरेको हो। उनलाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनी हाल बागमती प्रदेशका कायममुकायम प्रमुख सचिवको जिम्मेवारीमा छन्। साउन २८ बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रशासन सेवाको सचिव पदमा बढुवाका लागि भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपालको नाम सिफारिस गरेको थियो।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ६ : २३ बजे