जनकपुरधाम । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति सर्लाही कबिलासी नगरपालिका–३ मदनपुरबाट ३३ वर्षिय तुलसी ठाकुर सिक्सर पेस्तोल सहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार अभियुक्त पक्राउ परेको स्थानमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भई हतियार सहित मानिस लडेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट हेम्पुर पचगछिया र ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी प्रवक्ता एवं डिएसपी बेद प्रसाद गौतमले भारतीय नम्बर प्लेट बिआर ३० वाई २८५३ नम्बरको मोटरसाईकलमा जनकपुर देखी मदनपुर घर आउदै गर्दा दुर्घटना भई चालकलाई चेकजाँच गर्दा दाहिने गाला, बायाँ हातमा सामान्य चोट देखिएको र कम्मरबाट रिभल्भर (सिक्सर पेस्तोल) १ थान बरामद भएको बताए ।
प्रवक्ता गौतमका अनुसार निज चालकलाई नियन्त्रणमा लिई सामान्य उपचार पश्चात ईलाका प्रहरी कार्यालय हरिपुरबाट हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाएको बताए ।





प्रतिक्रिया