काठमाडौँ : कपिलवस्तुको वाणगंगा नगरपालिका–३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
बुधबार बिहान ८:५५ बजे वाणगंगा नगरपालिका–१ निवासी ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले वाणगंगा नगरपालिका–४, गजेहडा निवासी ६३ वर्षीया जलिया थारुलाई ठक्कर दिएको हो।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी थारुको उपचारका क्रममा बिहान १०:१० बजे मृत्यु भएको जनाइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





प्रतिक्रिया