डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार



काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान हेलिकोप्टरमार्फत उनीहरूलाई उद्धार गरी सदरमुकाम दुनै ल्याइएको हो ।

उद्धार गरिएका पर्यटकमा मौमिता हल्दार, पियाली कोले, जाजला त्रिवेद कुमार, आदित्य सिंह, दिपलिना विश्वास र राजेश दे रहेका छन् । डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार उद्धार गरिएका सबै ६ जना पर्यटकको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, सोमबार  १० : ४७ बजे