काठमाडौं । नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बानियाँलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको हो ।
सीइआईबीले गत हप्ता नै बानियाँको पक्राउ पुर्जी लिएको खुलेको छ । बानियाँविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति लिइएको हो । पक्राउ पुर्जी जारी भएलगत्तै बानियाँ फरार छन् ।





प्रतिक्रिया