देशका विभिन्न स्थानबाट लागुऔषधसहित २७ जना पक्राउ



काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंबाट दश, सुनसरीबाट सात, झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केही अभियुक्तहरूबाट नगद पनि बरामद भएको जनाइएको छ । उनीहरू मंगलबार र बुधबार पक्राउ परेका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  १० : ४१ बजे