प्रचण्डलाई बधाई दिंदै चिनियाँ प्रधानमन्त्रीले भने: नेपाल सरकारलाई चीनको पूर्णसाथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल सरकार र नेपाली जनताप्रति आफूको पूर्णसाथ रहने बताउनुभएको छ । नवगठित सरकारका प्रधानमन्त्रीलाई एक सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले वर्तमान सरकार पूर्णरुपमा सफल हुने कामना गर्नुभएको छ । प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटका लागि पुग्नुभएका यहाँस्थित चिनियाँ दूतावासका कार्यबहाक राजदूत वाङ सिङले चिनियाँ प्रधानमन्त्रीको सन्देश उपलब्ध गराउनुभएको थियो…