अब सातामा तीन दिन संसद् र तीन दिन समितिका बैठक हुने

काठमाडौँ, १९ माघ : संसद्को आउँदो हिउँदो अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुने गरी कार्यतालिका तयार गरिएको छ । संसद् सचिवालयले बनाएको तीन महिने सो प्रस्तावमाथि आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच आज भएको छलफल भएको हो ।…