गठबन्धनको छायाँले कांग्रेसको मौलिकता ग्रसित : नेता कोइराला

फागुन ६ काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठक नेपाली कांग्रेसकै लागि चुनौतीको रुपमा देखिएको बताएका छन्। आइतबार नेपाली कांग्रेसको महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले, गत वर्षका महाधिवेशन र महासमिति बैठकभन्दा यसपालिको महासमिति बैठकमा निकै अन्तर भएको बताएका हुन्। उनले भने, ‘कतै नेपाली कांग्रेसले आफ्नो मौलिकता गुमाएको त…