राजधानीमा राप्रापाको जुलुस प्रदर्शन, प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा जुलुस प्रदर्शनसँगै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे ज्ञापनपत्र बुझाएको छ। बुधबारदेखि आन्दोलन थालेको घोषणा गरेको राप्रपाका नेताहरुले सिंहदरबार पुगेर प्रधानमन्त्री दाहाललाई मागपत्र बुझाएका हुन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेर औपचारिक रुपमा आन्दोलनको घोषणा गरेको बताएका हुन्। ज्ञापनपत्रमा रहेका ४० बुँदे माग पुरा गराउन राप्रपाले शान्तिपूर्ण आन्दोलन…