बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्छ: अध्यक्ष ओली

रत्ननगर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्ने बताएका छन् । चितवनका उद्योगी व्यवसायीले आज साँझ भरतपुरमा आयोजना गरेको छलफलका क्रममा अध्यक्ष ओलीले बैंकले दुई अङ्कको ब्याजदर लिनु राम्रो नभएको बताए । “बैंकले आठ–नौ प्रतिशत लिँदै आएको ब्याजदर १५ प्रतिशतमाथि पुर्‍याएका गुनासो सुनेको छु”, ओलीले भने,…