नेपाल–भारत सम्वन्ध बलियो बनाउन दुई राष्ट्रपतिको संवाद, पौडेलले दिए मुर्मूलाई नेपाल भ्रमणको निम्ता

काठमाडौं– भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नेपाली नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई टेलिफोन संवाद मार्फत् शुक्रबार बधाई दिएकी छन् । राष्ट्रपति मुर्मूले टेलिफोन संवाद गरी वधाई दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतको केरला राज्यको भ्रमणमा रहेकी मुर्मूले राष्ट्रपतिमा पदभार ग्रहण गरेकोमा पौडेललाई शुक्रबार बधाई दिएकी हुन् । भारतको राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार संवादका क्रममा…