परराष्ट्रमन्त्री खनाल चीनमा

चारदिने औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री शिशिर खनाल आज चीनको राजधानी बेइजिङ पुगेका छन्। उनको स्वागत चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका प्रतिनिधिहरूले गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन पुगेका मन्त्री खनालले भ्रमणको पहिलो दिनदेखि नै विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्। आज उनको पहिलो कार्यक्रम चीनमा रहेका नेपाली समुदायसँगको अन्तरक्रिया…