सरकारले पश्चिम सेती र सेती नदी–६ बनाउन भारतीय कम्पनीलाई दिने

काठमाडौं– सरकारले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी–६ आयोजनाको निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ । त्यसका लागि भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ । लगानी बोर्डको सोमबार बसेको बैठकले सातसय ५० मेगावाट क्षमताको पश्चिम सेती र चारसय ५० मेगावाट क्षमताको सेती नदी –६ (एसआर) संयुक्त जलविद्युत् परियोजनाको विकासका…