भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण : द्विपक्षीय हितमा केन्द्रित

भीष्मराज ओझा - परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भ्रमणका क्रममा महत्वपूर्ण विभिन्न द्विपक्षीय सहमतिपत्र/समझदारीपत्रको आदानप्रदान भएको छ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उहाँ बिहीबार नेपाल आउनुभएको हो । बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि…