महासचिव पोखरेलद्वारा सङ्ग्रहालय अवलोकन

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गरेको छ । सो अवसरमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले गरेको सङ्घर्ष र असाधारण बलिदानको जगमा उभिएको चीनको गौरवमय वर्तमानलाई नजिकबाट बुझ्न सङ्ग्रहालयले सहयोग गरेको धारणा व्यक्त गरेको…