बिम्स्टेकमा विदेश मन्त्रीबीच सहयोग सुदृढ पार्ने उपायबारे छलफल

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेश मन्त्रीहरुबीच एकापसमा सहयोग सुदृढ पार्ने उपायबारे छलफल भएको छ । थाइल्यान्डको राजधानी बैंककमा आज बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे छलफल भएको हो । छलफलका क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा…