संपादकीय: मन्त्रालय नफुटाऊ, उपप्रधानमन्त्री नथप

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमालेसहितको सत्ता गठवन्धनले भागबण्डा मिलाउन वा गठवन्धनका दललाई सन्तुष्ट पार्न मन्त्रालय विभाजनको तयारी गरेको सार्वजनिक भएको छ । यद्धपि, पुस २० गते प्रधानमन्त्री निवास वालुवाटारमा बसेको वैठकमा बाहिर चर्चा भएजस्तो मन्त्रालय फुटाउने गृहकार्यमात्र होइन, सोचसमेत नभएको प्रष्टीकरण गठवन्धनको तर्फबाट आएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बैठकपछि संचारकर्मीसँग मन्त्रालय फुटाउने…