युद्धग्रस्त यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा चार अर्ब तीस करोड डलर माग

जेनेभा । संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त यमनका लाखौं मानिसलाई सहयोग गर्न यस वर्ष चार अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । आठ वर्षदेखि जारी गृहयुद्धका कारण तहसनहस भएको देशका एक करोड ७० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न सहायता संस्थाहरूले उक्त रकम माग गरेका हुन् । यस द्वन्द्वले लाखौं मानिसको ज्यान लिइसकेको छ र…