चिकित्सातर्फको नोबेल पुरस्कार ‘एमआरएनए’ कोभिड खोप शोधकर्ताद्वय कारिको र वेसम्यानलाई

स्टकहोम । कोभिड–१९ विरुद्धको खोपका लागि मार्ग प्रशस्त गर्ने ‘एमआरएनए’ प्रविधिमा काम गरेबापत काटालिन कारिको र ड्रयु वेसम्यानलाई चिकित्सातर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने पुरस्कार छनौट समितिले जनाएको छ । कमजोर भाइरस वा भाइरसको प्रोटिनको मुख्य टुक्रा प्रयोग गर्ने परम्परागत खोप विपरीत ‘एमआरएनए’ प्रविधिले आनुवंशिक अणुहरू प्रदान गर्दछ जसले कोषहरूलाई कुन प्रोटिन बनाउने भनेर बताउँदछ र…