प्यालेस्टाईनलाई छुट्टै राज्यको मान्यता दिने क्यानडाको तयारी

क्यानडाले पनि प्यालेस्टाईनलाई छुट्टै राज्यको मान्यता दिने भएको छ । फ्रान्स र बेलायतपछि प्यालेस्टाईनलाई छुट्टै राज्यको मान्यता दिने घोषणा गर्ने क्यानडा तेश्रो जि–७ राष्ट्र बनेको हो । क्यानडेली प्रधानमन्त्री मार्क कार्नीले सेप्टेम्बर महिनामा क्यानडाले प्यालेस्टाइनी राज्यलाई मान्यता दिने योजना बनाएको बताएका छन् । कार्नीले भनेका छन्, ‘यो कदम लोकतान्त्रिक सुधारहरूमा निर्भर गर्नेछ, जसमा प्यालेस्टाइनले हमासको…