नासाको स्पेसएक्स क्रू–६ छ महिनापछि पृथ्वीमा फर्कियो

लस एन्जलस । अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले स्पेसएक्स ड्रागन अन्तरिक्षयानमा सवार आफ्नो स्पेसएक्स क्रू–६ का अन्तरिक्ष यात्रीहरु सोमबार बिहानै दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित अवतरण गरेको जनाएको छ । नासाका अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, संयुक्त अरब इमिरेट्स (यूएई) का अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र…