रुसद्वारा ५० वर्षपछि पहिलो चन्द्रमा स्टेशनतर्फ खोजी यात्रा

भ्लाडिभोस्टक । रुसले चन्द्रमाको दक्षिणी ध्रुवको खोजी गर्ने ऐतिहासिक अभियान सञ्चालन गर्दै शुक्रबार बिहान लुना–२५ चन्द्र स्टेशन सफलतापूर्वक प्रक्षेपण गरेको छ । रिटर्न क्याप्सुल नभएको स्टेशनलाई रुसको सुदूर पूर्वको अमुर ओब्लास्टको भोस्टोचनी कोस्मोड्रोमबाट फ्रेगेट अपर स्टेजको साथ सोयुज–२.१बी रकेटले प्रक्षेपण गरेको थियो । लिफ्ट अफ भएको नौ मिनेट पछि, लुना–२५ स्टेशनको साथ फ्रिगेट माथिल्लो चरण…