म्यान्मारमा खानीमा पहिरो जाँदा कम्तीमा २५ जना बेपत्ता

याङ्गुन । म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड (बहुमुल्य पत्थर) खानीमा गएको पहिरोमा परी कम्तीमा २५ जना बेपत्ता भएको उद्धारकर्मीले सोमबार बताएका छन् । सन् २०२० मा सयौं खनिकहरू पहिरोमा फसेका उत्तरी काचिनको हापाकान्त नगर नजिकै आइतबार भएको यो घटना मुसलधारे वर्षा र बाढीले देशको अधिकांश भाग जलमग्न भएको केही दिनपछि भएको हो । अत्यधिक आकर्षक…