श्रीलङ्कालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त

कोलम्बो । श्रीलङ्काले विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त गरेको छ । श्रीलङ्काका अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले मङ्गलबार विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त भएको बताएका छन् । कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै सेमासिङ्घेले विश्व बैंकले श्रीलङ्काका लागि बजेट र कल्याणकारी सहयोगका रूपमा जुन महिनामा ७० करोड डलर स्वीकृत गरेको…