म्यान्मार हवाई हमलामा १० सर्वसाधारणको मृत्यु

बैंकक । म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई आक्रमणमा परी १० सर्वसाधारणको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय र सञ्चारमाध्यमले बुधबार बताएका छन् । म्यान्मारमा सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि युद्धले ठूलो क्षति पुर्‍याएको छ भने जुन्ताले जातीय विद्रोही र दर्जनौँ नयाँ ’पिपुल्स डिफेन्स फोर्सेज’सँग लडिरहेको छ । अधिकारवादी समूहहरूले सेनामाथि गैरन्यायिक हत्या गरेको, गाउँहरू…