राष्ट्रपति पुटिनले क्रिमियापछि मारिउपोलको भ्रमण गरेको क्रेमलिनद्वारा पुष्टि

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोलको आकस्मिक भ्रमण गरेको क्रेमलिनले आइतबार जनाएको छ । राष्ट्रपति पुटिनले क्रिमियाको एकीकरणको नवौं वर्षगाँठको उपलक्ष्यमा क्रिमियाको भ्रमण गरेको केही घण्टापछि क्रेमलिनले वितरण गरेको भिडियोमा उहाँलाई हेलिकप्टरबाट मारिउपोलमा अवतरण गरेको देखाइएको थियो । रूसी नेताले कार चलाएर शहरको भ्रमण गरेको भिडियोमा देख्न सकिन्छ । रूसी प्रशासनिक केन्द्र, क्रेमलिनका अनुसार…