वाल स्ट्रीट जर्नलका संवाददातालाई रिहा गर्न अमेरिकी राष्ट्रपतिको आह्वान

वासिङटन । राष्ट्रपति जो बाइडेनले जासुसीको आरोपमा रुसमा पक्राउ परेका वाल स्ट्रीट जर्नलका संवाददाता इभान गर्शकोविचलाई थुनामुक्त गर्न आह्वान गरेका छन् । साथै उनले रुसी पत्रकारलाई अमेरिकाबाट निष्काशन गर्न पत्रिकाको सम्पादकीय बोर्डले गरेको अनुरोध अस्वीकार गरेका छन्। आँधीबाट मिसिसिपी राज्यमा भएको क्षतिको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति बाइडेनले पत्रकार इभानलाई मस्कोले रिहा गर्नुपर्ने बताएका…