अमेरिका इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौता, ६० दिनभित्र अन्तिम सहमतिको लक्ष्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेशकियानले अमेरिका–इरान युद्ध अन्त्य गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले भर्साइ दरबारमा आयोजना गरेको रात्रिभोजका क्रममा ट्रम्पले सम्झौताको हार्ड कपीमा हस्ताक्षर गरेको दृश्य सार्वजनिक भएको हो। १४ बुँदे प्रारम्भिक समझदारीपत्र (मेमो) अनुसार दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम शान्ति सम्झौतामा पुग्न थप…