राष्ट्रिय सभा: १९ सिटका लागि ५२ जनाको उम्मेदवारी दर्ता, को-को बने उम्मेदवार ?

काठमाडौँ, पुस २३ । माघ ११ गते राष्ट्रिय सभाको १९ सिटका लागि हुने निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो। निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८…