बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन: डा वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी छलफलमा भाग लिँदै उनले ‘फण्डामेन्टल कोर्स करेक्सन’ का लागि अर्थमन्त्रीले अवसर गुमाएको बताए । “अर्थतन्त्रमा झारफुक होइन, शल्यक्रिया नै गर्नुपर्ने…