बाघ संरक्षणका लागि सडक नाटक

भरतपुर । उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उनी बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार छिन् । उनी आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउँछिन् । बाघ संरक्षणका लागि तालिम लिएर सडक नाटक प्रस्तुत गर्न थालेपछि उनले बाघका बारेमा झन् ज्ञान बढेको बताइन् । स्नातक तह अध्ययन गरिरहेकी…