मनाइयो गङ्गादशहरा पर्व

काठमाडौँ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म दश प्रकारका पाप नाश होस् भन्ने कामनाले गरिने गङ्गादशहरा पर्व विभिन्न तीर्थस्थलमा स्नानसहित पूजा आराधना गरेर मनाइएको छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्ड, पाँचपोखरी, वाग्मती नदीका विभिन्न तीर्थस्थल, देवघाट, त्रिवेणी, रिडीलयायत स्थानका तीर्थस्थलमा स्नान गरेमा दश जन्मदेखिका पाप नाश हुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं…