पूर्वप्रधानमन्त्री इमरान खान इस्लामावाद अदालतमा उपस्थित

इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान बुधबार इस्लामावादको विशेष अदालतमा भ्रष्टाचारको आरोपमा सुनुवाइको लागि उपस्थित भएका छन् । अर्धसैनिक बलले उनलाई यहाँको अदालतबाट गिरफ्तार गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको छ । यसैबीच पाकिस्तानको आन्तरिक मन्त्रालयले आज पूर्वी प्रान्त पञ्जाबमा कानूनी व्यवस्थाको सुनिश्चित गर्नका लागि सेनाको सहयोग माग गरेको मन्त्रालयले उल्लेख गरेको छ ।…