मकै बेचेरै जीविकोपार्जन

कमलामाई (सिन्धुली) । जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खानुहोस्रसिलो, पोषिलो, दुधिलो मकैस्वादिलो नून, खुर्सानी, टिमुरखाए मकै, नखाए भोकै’ सिन्धुली सदरमुकाम सिन्धुलीमाडी बजारको व्यस्त सडकमा सुनिने यो आवाजले पदैलयात्रुलाई मकैको ठेलासम्म तान्छ । सडक दायाँबायाँ रहेका व्यापारी र व्यवसायी पनि ठेला वरिपरी झुमिन्छन् । लाग्छ, नीरबहादुर विकको…