कम बज्न थाले ‘पञ्चेबाजा’  

डम्मर बुढा मगर  (ढोरपाटन) : एक दशक अगाडिसम्म बागलुङका गाउँदेखि बजारसम्म विवाह, मेला, महोत्सव तथा शुभकार्यमा पञ्चेबाजा निकै बज्ने गर्थे । तर अहिले पञ्चेबाजा कम बज्छन् भने तिनका ठाउँमा ठूला–ठूला साउण्ड सिस्टम र स्पिकर बज्ने गर्छन् ।  युवा पुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तीमा आएका पञ्चेबाजा र नौमती बाजा बजाउने प्रचलन लोप भएका हुन् ।…