वेदव्यास जन्मभूमिमा बढ्दै आन्तरिक पर्यटक

डुम्रे - अठ्ठाइसौँ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरण भूमि तनहुँको दमौलीमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । व्यास नगरपालिका–३ स्थित वेदव्यासको जन्मभूमिमा अहिले देसका विभिन्न क्षेत्रका विद्यालयबाट अवलोकन भ्रमणमा आउने आन्तरिक पर्यटक बढेको व्यासभूमिका संरक्षक गोविन्द बाबाले बताउनुभयो । कोरोना पछि विस्तारै यहाँको पर्यटन चहलपहल बढ्न थालेको उहाँ बताउँनुहुन्छ । बिदाको दिनमा यहाँ घुम्न आउने पर्यटकको…