सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि रुसको पुनः समर्थन   

 मस्को (एएनआई) - रुसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि फेरि एकपटक आफ्नो समर्थन दोहो¥याएको छ । साथै उसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँदिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ ।        हालै यहाँ भएको प्रिमकोभ रिडिङ्स इन्टरनेशनल फोरममा सञ्चारकर्मीको प्रश्नको जवाफमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभले परिषद्को स्थायी सदस्यमा भारतलाई आफ्नो देशको समर्थन रहेको बताउँनुभएको हो…