हनोईस्थित एक आवासीय भवनमा आगलागी हुँदा ५६ जनाको मृत्यु

हनोई । भियतनामको राजधानी हनोईस्थित एक आवासीय भवनमा आगलागी हुँदा ५६ जनाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ । भियतनामको २० वर्षयताकै सबैभन्दा घातक आगलागी स्थानीय समयअनुसार मङ्गलबार मध्यरातअघि १० तले भवनको पार्किङ फ्लोरमा भएको प्रत्यक्षदर्शीले बताएका छन् । हनोई प्रहरीविभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने ३७ जना…