एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

काठमाडौँ । एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्। शुक्रबार भएको चुनावमा ढुंगेल अध्यक्ष विजयी भएका हुन्। ढुंगेलले ६९६ मत पाएका भने अध्यक्षका अर्का प्रत्याशी कृष्ण दाहालले ४३९ मत पाए। रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् । त्यस्तै उपाध्यक्षमा दावा दोर्जे लामा ६१५ मतसहित विजयी भएका छन्। दोर्जे ढुंगेल समूहका हुन्।…